United Academy

Chinese government Scholarships for M.Sc and ME programs for Nepalese Citizen

Open From: March 09, 2017
Until: March 15, 2017
This scholarship/grant is closed.
Kathford

नेपाल सरकार शिक्षा मन्त्रालयलाई चीन सरकारबाट स्नातकोत्तर तहका Railway Engineering, Industrial Engineering, Bridge and Tunnel Engineering, Earthquake Engineering, Hydropower Engineering, Biomedical Engineering, M.Sc. Forestry, M.Sc. (Watershed Management), M.Sc. (Natural Resource Management) विषयमा प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी छैटौ सशोधन नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पुरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मन्त्रालयलाई प्राप्त हुने छात्रवृत्ति सिटको विषयगत रुपमा नियमानुसार पचपन्न प्रतिशत स्थान साधारण तर्फ र पैतालिस प्रतिशत स्थान सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदायका व्यक्तिहरुलाई नियमानुसार आरक्षण गरिने छ तर आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदायका व्यक्ति उपलब्ध नभएमा नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्त्तिलाई आरक्षित स्थान प्रदान गरिने छ र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका व्यक्ति समेत उपलब्ध नभएमा साधारण समूहका व्यक्तिलाई उक्त स्थान प्रदान गरिने छ ।

१. दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता:

क) शिक्षा मन्त्रालयमा जुन विषयको योग्यताक्रम कायम लागि दरखास्त पेस गर्न चाहेको हो सोही विषयको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक/बन बिज्ञान अध्ययन संस्थान, पोखराले २०७३ सालमा सञ्चालन गरको स्नातकोत्तर तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका हुनुपर्नेछ ।

ख) एउटै व्यक्तिले एक भन्दा बढी विषयमा योग्यताक्रम कायमका लागि दरखास्त पेस गर्न चाहेको खण्डमा विषयगत प्राथमिकताक्रम खुलाई दरखास्त पेस गर्नु पर्नेछ ।

  1.  
  •  
  •  
1Master of Science in forestry:Applicant must have at least a 3 years B.Sc. Forestry degree from TU or recognized by the Tribhuvan University.
2Master of Science in Watershed Management (WM):Applicant must have at least a 3 years B.Sc. Forestry degree or B.Sc. Agriculture or B.Sc. Environmental Science or B.Sc. Environmental management or BE (Civil Engineering) or BE.(Agriculture Engineering) or BE. (Environmental Engineering) or B.Sc. degree with major in any of the following subjects: Soil or Geology or Hydrology or metrology from the Tribhuvan University (T.U) or from a university recognized by the Tribhuvan university
3Master of Science in Natural Resource ManagementApplicant must have at least a 3 years B.Sc. forestry degree or B.Sc. environmental Management or B.Sc. Agriculture or B.E. (Agriculture Engineering) from the Tribhuvan University (T.U) or from university recognized by the Tribhuvan Univesity.
4Railway Engineering

BE Mechanical Industrial (MI stream)

BE Electrical Engineering (EE stream)

BE Civil Engineering (CA stream)

5Industrial EngineeringBE Industrial Engineering (MI stream)
6Bridge and Tunne EngineeringBE Civil Engineering (CA stream)
7Earthquake EngineeringBE Civil Engineering (CA stream)
8Hydropower EngineeringBE Civil and Agriculture (CA stream)
9Biomedical engineeringBE Electronics Engineering (EC stream)

नोट: विषयगत रुपमा तोकिएको सिट संख्या र दरखास्तका लागि तोकिएको समूह देहाय बमोजिम कायम गरिएको छ

  1.  
InstituteTotal QuotaGeneralFemaleJanajatiMadheshiDalit
  1.  
Bridge and Tunnel / Earthquake
  1.  
  1.  
  1.  
  1.  
  1.  
  1.  
  1.  
Railway Engineering
  1.  
  1.  
  1.  
  1.  
  1.  
 
  1.  
Industrial Engineering
  1.  
  1.  
  1.  
  1.  
  1.  
 
  1.  
Hydropower Engineering
  1.  
  1.  
  1.  
   
  1.  
Biomedical engineering
  1.  
  1.  
  1.  
   
  1.  
Master of Science in forestry:
  1.  
  1.  
  1.  
   
  1.  
Master of Science in Watershed Management (WM)
  1.  
  1.  
  1.  
   
  1.  
Master of Science in Natural Resource Management
  1.  
  1.  
  1.  
   

२. दरखास्त दिने अवधि:

मिति २०७३ साल फाल्गुण २६ गते देखि २०७३ साल चैत्र २ गते सम्म शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा, केशरमहलमा दरखास्त दिन सकिने छ ।

३. राजस्व सम्बन्धी व्यवस्थाः आवेदकहरुले राजस्व वापतको रकम रु १००० एक हजार राष्टिय वाणिज्य बैक ठमेल शाखा वा छात्रवृर्ति शाखा केशरमहल परिसरमा रहको बैक काउन्टरमा दाखिला गरी सोको भौचर दरखास्त दर्ता प्रमाणको निस्सा लिन तोकिएको मितिमा छात्रवृर्ति शाखामा बुझाउनु पर्नेछ ।

४. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:

क साधारण समूह (General Group)

(१) पूर्णरुपमा भरिएको आवेदन फाराम

(२) राजस्व बुझाएको सक्कल भौचर

(३) नागिरकता प्रमाण पत्रको प्रतिलिपि

  1.  

(५) स्नातक तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, Character certificate/Provisional certificate को प्रतिलिपि ।

(६) शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको Transcript वा मार्कसिटका साथ pass certificate/degree awarded certificate/provisional certificate र migration certificate का साथ त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्र बाट प्रदान गरेको समकक्षताको कागजात ।

(७) दश जोड २ वा सो सरहको Transcript

(८) SLC मार्कसिटको प्रतिलिपि

(९) नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

ख) सामुदायिक विद्यालय (Community School Group) तर्फको आरक्षण समूहः

-विपन्नताको सिफारिस, सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूहको प्रमाण समेत ३ वटै प्रमाण पेश गर्न सक्ने उम्मेदवारका लागि मात्र_

यस समूहमा दरखास्त पेश गर्ने उम्मेदवारहरुले माथि साधारण समूह (general Group) का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेतको सक्कल प्रति सहितको फोटोकपी पेश गर्नुपर्नेछ ।

(१) SLC उत्तीर्ण गरेको विद्यालय सामुदायिक हो भनी जिल्ला शिक्षा कार्यालयले प्रदान गर्को सिफारिस पत्र

(२) सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली, २०६० को अनुसूची १ अनुरुप को ढाचामा मिति २०७३ साल फाल्गुण २६ गते पछि दरखास्त फाराम भर्ने अन्तिम मितिसम्ममा जारी गरेको विपन्नताको सफारिस पत्र ।

(३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित ह्ने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र ।

आरक्षण समूहसिफारिस गर्ने निकाय
विपन्नताको सिफारिससम्बन्धित गा वि स वा न पा बाट
सामुदायिक विद्यालयमा अध्ययन गरेको सिफारिससम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट
जनजातीजनजातिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट
मधेसीसम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट
दलितराष्ट्रिय दलित अयोग -राष्ट्रिय दलित आयोगबाट सूचिकृत जातिहरु मात्र_

ग) अन्य विद्यालय समूह -Other School Group_ तर्फको आरक्षण समूहः

यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले general Group साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रति र १/१ प्रति फोटोकपी पेश गर्नुपर्ने छ ।

५. योग्यताक्रमः

क) रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको अधारमा नियमानुसार शिक्षा मन्त्रालयको साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गरिने छ ।

ख) यो सूचना बमोजिम इन्जिनियरिङ्ग तर्फ नियमानुसार छात्रवृत्तिमा मनोनयन गर्दा मन्त्रालयको योग्यताक्रममा रहेका मध्येबाट मूल योग्यताक्रमका आधारमा गरिने छ ।

६. विपन्नताको सिफारिसः

देहाय अनुसारको ढाँचामा विपन्नताको सिफारिस मिति २०७३÷११÷२६ गते देखि दरखास्त पेस गर्ने दिनसम्ममा सम्बन्धित व्यक्ति बसोबास गरेको गाविस÷नपाको सिफारिस पत्रमा आधिकारीक पदाधिकारीबाट प्रमाणित भएको हुनुपर्ने छ । अन्यथा दरखास्त आरक्षण तर्फ अस्विकृत भई साधारण तर्फ मात्र कायम हुने व्यहोरा हुने समेत जानकारी गराइन्छ ।

 

अनुसूची–१ख.

(नियम १३क. को उपनियम (३) सग सम्बन्धित)

श्री शिक्षा मन्त्रालय

केशरमहल, काठमाडौ ।

विषयः– विपन्नको सिफारिस गरिएको ।

उपरोक्त सम्बन्धमा श्री ......................... को नाति÷नातिनी श्री ........................ .. को छोरा÷छोरी ............ जिल्ला ................. गा.वि.स.÷ न.पा......वडा बस्ने वर्ष ...... को श्री÷सुश्री÷श्रीमती .................... मिति .......... देखि ........ सम्म .............. सामुदायिक विद्यालयमा अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेका विद्यार्थी हुन् । निज ......................................... कारणले विपन्न भएको देखिंदा निजलाई विपन्न व्यक्तिको लागि आरक्षित गरिएको छात्रवृत्तिको स्थानमा उम्मेदवार हुन पाउने व्यवस्था गरिदिनु हुन सिफारिस गरिएको छ ।

सिफारिस गर्नेको–

सहीः

नामः

पदः

कार्यालयः

मितिः

कार्यालयको छापः

KMC Balkumari
CMAT Banner
Teachers vancancy

Worried About Education Costs?

Scholarships are competitive, but Edusanjal guarantees discount access to 50+ institutions for 40+ programs.

Check Your Eligibility